बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३ चैत, २०८२ मा प्रकाशित
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं, चैत ३ :

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । छिटो भन्दा छिटो जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा भन्दै उनीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले कार्की आयोगको पूर्ण प्रतिवेदनका साथै लाल, रायमाझी र मल्लिक आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्नुपर्ने उल्लेख गरेका छन् । नेपालमा छानविन आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नगर्ने देखिएकाले कार्की आयोगको प्रतिवेदन पनि सार्वजनिक नहुने हो की भन्ने आशंका व्यक्त गरेका छन् । जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेर भदौ २३ र २४ को घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने युवाहरुको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार