नेपाली कांग्रेसको संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा अन्योल देखिएको छ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिएका पार्टी सभापति गगनकुमार थापा नै पराजित भएपछि अन्योलता सिर्जना भएको हो ।
सर्लाही–४ मा उठेका सभापति थापा पराजित भएका थिए । शीर्ष तहका नेताहरू सबै पराजित भएपछि संसदीय दलको नेता कसलाई बनाउने भन्नेमा अलमल भइरहेको छ । स्रोतका अनुसार कांग्रेसका निर्वाचित सबैले आकांक्षा देखाएका छन् ।
कसलाई दलको नेता बनाउने भन्ने विषयमा अहिलेसम्म केही टुंगो नलागेको एक नेताले बताए । जेष्ठ सदस्य अर्जुननरसिंह केसीलगायत , भीष्मराज आङ्देम्बे , भरतबहादुर खड्का, जनकराज गिरी, मोहन आचार्य र नरेन्द्र केरुङले पनि दलको नेतामा आकांक्षा देखाएका छन् ।
कांग्रेसबाट धेरै पटक सांसद तथा मन्त्री भइसकेका व्यक्ति भने केसी नै हुन् । तर, केसी र आङ्देम्बेबीच नै गुटगत प्रतिस्पर्धा हुने देखिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलले गुरू पुरोहितको हातबाट शुभ साइतमा टीका ग्रहण गर्ने
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री