काठमाडौ, चैत ४ :

इरानले आफ्नो सुरक्षा प्रमुख अलि लारिजनीको मृत्यु भएको पुष्टि गरेको छ। उनी अलि खामेनी पछि मारिएका सबैभन्दा वरिष्ठ इरानी अधिकारी मानिन्छन्।

इजरायले भने रातभरि गरिएको आक्रमणमा इरानको सुरक्षा परिषद्माथि प्रहार गरिएको र त्यसक्रममा अली लारिजानी तथा बसिज मिलिसियाका प्रमुख घोलामरेजा सोलेमानी मारिएको जनाएको छ।

यसैबीच लेल अभिभमा इरानले प्रहार गरेको मिसाइल आक्रमणमा दुई जनाको मृत्यु भएको इजरायलले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मले नेटो तथा अन्य अमेरिकी सहयोगी देशहरूको आलोचना गर्दै उनीहरू इरानसँगको युद्धमा संलग्न हुन चाहँदैनन् भन्ने जानकारी आफूलाई दिइएको बताएका छन्।

यसअघि ट्रम्पले महत्त्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ हरमुजको सुरक्षा गर्न सहयोग मागेका थिए  तर धेरै देशहरूले त्यस अनुरोध अस्वीकार गरेका छन्।

यसैबीच अमेरिकाको एक उच्च आतंकवाद–विरोधी अधिकारीले पदबाट राजीनामा दिएका छन्। उनले इरानले हाम्रो राष्ट्रलाई तत्काल कुनै खतरा पैदा गरेको थिएन भन्ने टिप्पणी गरेका छन्।

उता इरानका धेरै सर्वसाधारण नागरिकहरू निरन्तर हवाई आक्रमण र कडा दमनका कारण भयको वातावरणमा बाँचिरहेका छन्।