काठमाडौै, चैत ५ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले दिएको राजीनामा पराजित मानसिकताबाट नआएको उल्लेख गरेका छन्। सभापति थापाले बुधबार उपपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामा पत्रमा आफूले राजीनामा दिनुको कारण उल्लेख गरेका छन्। 

थापाले नेतृत्वको कर्तव्यअनुसार लोकतान्त्रिक संस्कारमा परिणामको जिम्मेवारी लिनु आफ्नो निर्णय भएको बताएका छन्। उनले सभापतिबाट राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट आफू अलग नभएको स्पष्ट पारेका छन् ।

उनले पार्टी सुधारको यात्राबाट आफू अलग नभएको र आगामी दिनहरूमा देशका विभिन्न भागमा संवाद गर्ने योजना रहेको समेत बताएका छन् ।थापाले निर्वाचनमा पराजित भए लगत्तै राजीनामा दिने मनस्थिति बनाउँदा पार्टीका विभिन्न तहमा नेताहररू, समर्थक र शुभेच्छुकहरूले राजीनामा नदिन दबाब दिँदै आएका थिए  ।