बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

राप्रपा संसदीय दलको नेतामा शाही, प्रमुख सचेतकमा ओली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ चैत, २०८२ मा प्रकाशित
राप्रपा संसदीय दलको नेतामा शाही, प्रमुख सचेतकमा ओली
काठमाडौं, चैत ५ :

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज बसेको बैठकले शाहीलाई दलको नेता बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उनी जुम्लाबाट निर्वाचित भएका थिए ।

उक्त बैठकमा पार्टीको प्रमुख सचेतकमा खुश्बु ओलीलाई चयन गरिएको छ । दलका नेता शाहीले ओलीलाई प्रमुख सचेतकमा चयन गरेको पार्टीका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए । पार्टीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ एक तथा समानुपातिकतर्फ चार सिट गरी कूल पाँच सिट प्राप्त गरेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार