शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रधानमन्त्रीका सल्लाहकार खनाल र तिमिल्सिनाले दिए राजीनामा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ चैत, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीका सल्लाहकार खनाल र तिमिल्सिनाले दिए राजीनामा
काठमाडौं, चैत ६ :

प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिनाले राजीनामा दिएका छन्। निर्वाचन सम्पन्न भएसँगै प्रधानमन्त्री कार्कीको बिदाइ हुने मिति नजिकिँदै गर्दा  उनीहरूले राजीनामा दिएका हुन् ।

दुवैजनाले केही दिनको फरकमा राजीनामा दिएका हुन् । खनालले फागुन २९ गते र तिमिल्सिनाले चैत २ गते राजीनामा दिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।

नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ लिने र चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार