काठमाडौं, चैत ६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमतिमै संसदीय दलको नेता छान्ने भएको छ । आफ्नो संसदीय दलको नेता छान्न मतदान नगर्ने स्पष्ट पारेको छ । निर्वाचित सांसदहरूको सहमतिमै दलको नेता सर्वसम्मत चयन गर्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई दलको नेता बनाएर प्रधानमन्त्री बनाइँदैछ । शीर्ष नेताहरूबीच भएको सर्वम्मतिलाई अनुमोदन गर्नका लागि चैत १२ गते  रास्वपाको केन्द्रीय समिति बैठक बस्दैछ।