आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार प्रदेश मधेस प्रदेश

सिरहा बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ चैत, २०८२ मा प्रकाशित
सिरहा बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
सिरहा, चैत ६ :

सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर बम विस्फोट घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुखिपुर नगरपालिका–३ का गुमस्ता यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालत सिरहा अगाडि नै उgले कार्यालय खोलेर लेखापढी व्यवसाय गर्दै आएका थिए । उनलाई शङ्काका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । “हामीले शङ्काका आधारमा एक जनालाई पक्राउ गरी चार दिनदेखि अनुसन्धान गरिरहेका छौँ,” उनले भने, “अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र थप विवरण सार्वजनिक गरिनेछ ।”

गएको फागुन २७ गते बार एसोसिएसनको कार्यालयमा कुकर बम विस्फोट भएको थियो । उक्त विस्फोटमा परी सिरहा नगरपालिका–१ का कर्मचारी सौरभ यादव घाइते भएका थिए । उनको खुट्टामा चोट लागेको थियो । विस्फोटबाट कार्यालयका कम्प्युटरलगायतका सामग्रीको समेत क्षति पुगेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार