अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् ।
इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल–फित्रको अवसरमा काठमाण्डौं घण्टाघरस्थित नेपाली जामे मस्जिद लगायत देशभरका मस्जिदहरुमा सामूहिक नमाजमा मुस्लिम समुदाय सहभागी भएका छन् ।
काठमाण्डौै
आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ ।