शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

बर्षा र पहिरोले पूर्वपश्चिम राजमार्गको दाउन्ने र सिद्वार्थ राजमार्गको दोभानमा अवरूद्व

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ७ चैत, २०८२ मा प्रकाशित
बर्षा र पहिरोले पूर्वपश्चिम राजमार्गको दाउन्ने र सिद्वार्थ राजमार्गको दोभानमा अवरूद्व
फाईल फोटो
रुपन्देही, चैत ७ :

शनिबार बिहानदेखि परेको पानी र पहिरोले पूर्वपश्चिम राजमार्गको दाउन्ने र सिद्वार्थ राजमार्गको दोभानमा अवरूद्व भएको छ ।

आज बिहानैदेखि परेको वर्षाले सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

कार्यालयका अनुसार पूर्व पश्चिम राजमार्गमा पर्ने दाउन्ने सडकखण्डमा वर्षका कारणले बाटो चिप्लो भएका कारण सवारी साधनहरु चल्न सकेको छैन् ।

पाल्पाको तिनाउ गाउँपालिका ३ दोभानको सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएको हो । दुबैतर्फको सवारीसाधन पूर्णरुपमा अवरुद्ध भएको र सवारी साधनलाई पाल्पा रुट हुँदै ड्राईभर्सन गरिएकोमा त्यो सडकसमेत अवरुद्ध भएको छ ।

बाटो खुलाउन प्रयास भइरहे पनि पानी परिरहेकाले समस्या परेको प्रहरीले बताएको छ । उता दाउन्नेमा रातिदेखि नै पानीले सडक अवरूद्व छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार