
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मपले ४८ घण्टाभित्र स्ट्रेट अफ हरमुज खुला नभए अमेरिकाले इरानका विद्युत् उत्पादन केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएका छन् ।
यो जलमार्ग विश्वव्यापी तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।
इरानले इजरायलको दक्षिणी सहर डिमोनामा मिसाइल आक्रमण गरेको छ । जसमा कम्तीमा ४७ जना घाइते भएका छन्। करिब १३ किलोमिटर टाढा मिसाईल आक्रमण गरेको हो ।
नजिकैको सहर अरादमा कम्तीमा ८८ जनालाई अस्पताल लगिएको छ। इजरयलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यसलाई अत्यन्त कठिन साँझ भनेका छन्।
यो घटनाअघि नतान्जस्थित इरानको आणविक केन्द्रमा आक्रमण भएको थियो, जसबारे तेहरानले जानकारी दिएको छ। देशको आणविक ऊर्जा निकायका अनुसार वरपरका क्षेत्रमा कुनै खतरा छैन।
यसैबीच युनाइटेड स्टेडस् सेन्ट्रल कमान्ड (CENTCOM) ले यस हप्ता भूमिगत सैन्य संरचनामा गरिएको अमेरिकी बम बारीपछि होर्मुज जलडमरूमध्यमा जहाजहरूलाई धम्की दिन सक्ने इरानको क्षमता कमजोर भएको जनाएको छ।
तर यस द्वन्द्वका क्रममा इरानी सेनाले बारम्बार खाडी क्षेत्रमा आक्रमण गर्दै आएको छ, जसका कारण G सेभेनका विदेश मन्त्रीहरूले आज तत्काल आक्रमण रोक्न आह्वान गर्दै संयुक्त वक्तव्य जारी गरेका छन्।
विदेश मन्त्रीहरूले क्षेत्रका महत्वपूर्ण पूर्वाधारहरू लक्षित भइरहँदा विश्वव्यापी ऊर्जा आपूर्ति सुरक्षित गर्न आवश्यक कदम चाल्न आफूहरू तयार रहेको पनि बताएका छन्।
यसैबीच इजरायल र अमेरिकाले तेहरानमा आक्रमण जारी राखेका छन्, ठीक त्यही बेला जब त्यहाँका स्थानीय बासिन्दाहरू नयाँ वर्षको सुरुवात मनाउँदैछन्।