कञ्चनपुर, चैत ८ :

महेन्द्रनगरस्थित कञ्चनपुर कारागारमा दुई कैदीबीच कुटाकुट हुँदा एकजना घाइते भएका छन् । लागुऔषध मुद्दाका कैदी भुवन ऐर र गणेश विष्टबीच कुटाकुट भएको हो ।  टाउकोमा चोट लागेका विष्टको महाकाली प्रदेशिक अस्पतालमा उपचार भइरहेको छ। कारागार प्रमुख हेमन्त्री साउँदले विवादको कारणबारे अनुसन्धान भइरहेको बताए ।

दुई महिनाअघि मात्रै कारागारमा कैदीबन्दीबीच झडप भएको थियो । कारगारभित्रै लागुऔषध भित्रिने गरेको आरोप लाग्ने गरेको छ । १ सय ८० जनाको क्षमता रहेको महेन्द्रनगर कारागारमा अहिले क्षमताभन्दा दोब्बर बढी १६ महिला सहित ३ सय ८४ जना कैदी बन्दी रहेका छन् ।