आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

आयोगले प्रधानमन्त्रीलाई बुझायो निर्वाचन प्रतिवेदन

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोगप्रति आभार व्यक्त
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ चैत, २०८२ मा प्रकाशित
आयोगले प्रधानमन्त्रीलाई बुझायो निर्वाचन प्रतिवेदन
काठमाडौं, चैत ८ :

निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाएको छ । आइतबार बालुवाटारमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्री कार्कीलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन हस्तान्तरण गरेको हो ।

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोगप्रति आभार व्यक्त गरिन् । आयोगले गरेको कामलाई इतिहासले उच्च मूल्यांकन गर्ने प्रधानमन्त्री कार्कीले बताएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।हालैको निर्वाचन सुशासनको हिसाबले अहिलेसम्मकै सबभन्दा राम्रो निर्वाचन भएको महशुस सरकारले गरेको गृहमन्त्री अर्यालले बताए । 

त्यस अवसरमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायतका साथै गृहमन्त्री तथा कानुनमन्त्रीलगायतको उपस्थिति रहेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार