काठमाडौं, चैत ९ :

नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेर तोलाको २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ। गत सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक सातामा सुनको मूल्य कुल ३४ हजार रुपैयाँले घटिसकेको छ। आज चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारका कारण पनि सुनचाँदीको भाउ घटबढ भइरहेको छ।  विभिन्न देशहरूले डलरको जोहो गर्न सुन बिक्री बढाउँदा सुनको मूल्य घट्न पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण तेलको मूल्य वृद्धि भएको छ ।