आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार स्वास्थ्य

कागेश्वरी मनोहरा नगर अस्पतालमा प्याथोलोजी सेवा

रगत परीक्षणका लागि बाहिर पठाउनुपर्ने झन्झटको अन्त्य
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ९ चैत, २०८२ मा प्रकाशित
कागेश्वरी मनोहरा नगर अस्पतालमा प्याथोलोजी सेवा
काठमाडौं, चैत ९ :

कागेश्वरी मनोहरा नगर अस्पतालले सेवाग्राहीहरूलाई अझ सहज, छिटो तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालमै प्याथोलोजी सेवा सञ्चालनमा ल्याएको छ। 

नयाँ सेवासँगै अब सबै परीक्षणहरू अस्पतालमै अनुभवी प्याथोलोजिस्टबाट गरिने भएकाले सेवाग्राहीहरूले छिटो, भरपर्दो र गुणस्तरीय रिपोर्ट प्राप्त गर्न सक्नेछन्। 

यसले रोग पहिचान (डायग्नोसिस) प्रक्रियालाई अझ प्रभावकारी र तीव्र बनाउने विश्वास अस्पताल प्रशासनले लिएको छ। यसअघि केही नमुनाहरू बाह्य प्रयोगशालामा पठाउनुपर्ने बाध्यता रहेकाले रिपोर्ट प्राप्त गर्न ढिलाइ हुने गरेको थियो।  

अस्पतालका अनुसार, उक्त सेवा भोलिदेखि नियमित रूपमा सञ्चालन हुनेछ। कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. प्रमिला वैद्यले हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गर्ने छिन्। 

अस्पतालले यस सेवाबाट स्थानीय बासिन्दाहरूलाई विशेष लाभ पुग्ने र समग्र स्वास्थ्य सेवाको स्तर अझ सुदृढ हुने अपेक्षा गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार