शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

हमासका सैन्य प्रमुख जुलाईमा मारिएको इजरायलको पुष्टि

· बिहीबार, १८ साउन, २०८१ मा प्रकाशित
BBC


काठमाडौ साउन १७: इजरायलको सेनाले हमासका सैन्य प्रमुख मोहम्मद डेफ गत महिना गाजा पट्टीमा इजरायली हवाई हमलामा मारिएको पुष्टि गरेको छ ।

१३ जुलाईमा खान युनिस क्षेत्रको कम्पाउण्डमा भएको आक्रमणमा डेफलाई निशाना बनाइएको थियो। हमासले भने उनको मृत्युको पुष्टि गरेको छैन ।

इजरायलले डेफ दक्षिणी इजरायलमा अक्टोबर ७ मा भएको आक्रमणको योजना बनाउनका लागि जिम्मेवार व्यक्तिहरू मध्ये एक भएको जनाएको छ । सो आक्रमणमा १२ सय मानिस मारिएका थिए भने २५१ जनालाई बन्धक बनाईएको थियो।

हिजो हमासका राजनीतिक नेता इस्माइल हनियाहको इरान भ्रमणका क्रममा हत्या भएको थियो । इजरायलले भने उनको मृत्युको बारेमा कुनै टिप्पणी गरेको छैन।

 


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार