शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्र कलेजका विद्यार्थीहरुले गरे प्रदर्शन

सक्रिय न्युज · मंगलबार, १० चैत, २०८२ मा प्रकाशित
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्र कलेजका विद्यार्थीहरुले गरे प्रदर्शन
काठमाडौ, चैत १० :

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्र कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

सुशीला कार्की सरकारले नै कार्की प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै उनीहरूले हस्ताक्षरसहित आज प्रदर्शन गरेका हुन् ।  जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना छानबिनका लागि गठित आयोगबाट प्रतिवेदन प्राप्त भएको लामो समय भईसक्दा पनि सार्वजनिक नगरेपछि विद्यार्थीहरुले आज प्रदर्शन गरेका छन् ।

सरकारले प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनुलाई विडम्बना भएको उनीहरूले आरोप लगाएका छन्  ।  

कार्की आयोगको प्रतिवेदन छिटो सार्वजनिक गर्न माग गर्दै केही जेन्जी समुहले पनि केही दिनदेखि माईतीघर मण्डला लगायत सडकाम  प्रदर्शन जारी राखेका छन् ।   

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार