सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत #निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत
राजनीति

सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्ने आईजीपी अर्यालको विश्वास

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० चैत, २०८२ मा प्रकाशित
सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्ने आईजीपी अर्यालको विश्वास
काठमाडौं, चैत १० :

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्ने विश्वास व्यक्त गरेका छन् ।सशस्त्र प्रहरी बल, नेपाल नंवर ९ पशुपतिनाथ बाहिनी मुख्यालयको २२ औं वार्षिकोत्सवका अवसरमा मंगलबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यसअघि संगठनको स्पष्ट भूमिकासहितको कानुनको मस्यौदा सरकारलाई पठाएपनि कानुन बन्न नसकेको भन्दै अवको नयाँ संसदले स्पष्ट अधिकार र भूमिकासहितको कानुनलाई अघि बढाउने विश्वास व्यक्त गरे ।

उनले भाद्र २३ र २४ को घटनादेखि निर्वाचन सम्पन्नगर्ने अवस्थासम्म सशस्त्र प्रहरीले खेलेको प्रभावकारी भूमिका कारण देश स्थिरतामा हिड्न सुरु गरेको उल्लेख गरे । सवै सुरक्षा निकायका कारण देशमा एकथोपा रगत नबगी निर्वाचन गर्न सफल भएको भन्दै अर्यालले आगामी दिनमा देशको लागि रक्षा गर्नुको लागि सुरक्षा फौज तयार, तत्पर र सक्षम रहेको धारणा व्यक्त गरे । उनले संगठनभित्र सिनियरिटी सँगसँगै आफ्नो कार्यदक्षता र कार्यकुशलता अब्बल भएकालाई नेतृत्वमा पुर्‍याउने लक्ष्य लिइएको बताए ।  कार्यक्रममा पशुपतिनाथ बाहिनी मुख्यालयका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार