शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति

देशलाई समृद्धितर्फ लैजान सडकबाटै सशक्त भूमिका निर्वाह गर्छु : कुलमान घिसिङ

हारेर पनि जितेको महसुस गरे
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ चैत, २०८२ मा प्रकाशित
देशलाई समृद्धितर्फ लैजान सडकबाटै सशक्त भूमिका निर्वाह गर्छु : कुलमान घिसिङ
काठमाडौं, चैत ११ :

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम जनताको सरकार चलाउने बताएका छन् ।  बुधबार पार्टीको बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कायक्रममा अध्यक्ष घिसिङले हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उज्यालो नेपाललाई सडकमा बसेर आम जनताको सरकार चलाउने म्याण्डेड प्राप्त भएको बताए ।

अब सडकको सरकार उज्यालो नेपालको हुने भन्दै उनले सडकबाट देशलाई समृद्धि तर्फ लैजान सशक्त भूमिका निर्वाह गर्ने उल्लेख गरे । उनले नयाँ सरकारको राम्रा कामको समर्थन र नराम्रा कामको खबरदारी गर्दै अघि बढ्ने धारणा राखे ।

अध्यक्ष घिसिङले प्रतिनिधिसभा निर्वाचनमा देशैभरिबाट उम्मेदवारी दिएर पनि जित्न नसक्दा पनि हारेर पनि जितेको महसुस गरेको बताए । देशमा स्थायित्वको लागि भएको निर्वाचनमा जनताले एउटा दललाई करिब दुई तिहाईको मत दिनु महत्वपूर्ण विषय भएको उनको भनाइ छ । उनले गाँउ टोलसम्म संगठन विस्तारमा ध्यान केन्द्रीत गर्ने जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार