बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

बालेन्द्र शाहले रामनवमीका दिन १२:३४ मा प्रधानमन्त्रीको शपथ लिँदै, यस्तो छ कार्यतालिका

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ चैत, २०८२ मा प्रकाशित
बालेन्द्र शाहले रामनवमीका दिन १२:३४ मा  प्रधानमन्त्रीको शपथ लिँदै, यस्तो छ कार्यतालिका
काठमाडौैं, चैत ११ :

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले रामनवमीका दिन प्रधानमन्त्रीको शपथ लिँदैछन् ।  स्रोतका अनुसार चैत १३ गते दिउँसो १२ बजेर ३४ मिनेटमा उनको शपथग्रहण हुनेछ।शपथग्रहणमा स्वस्तिवाचन र शंखनाद गर्ने कार्यक्रमसमेत बुझिएको छ।

शपथग्रहणपछि उनी २ बजेर १५ मिनेटमा सिंहदरबार पुगी प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन्। बालेनसँगै केही मन्त्रीहरूले पनि शपथ लिने भनिए पनि अहिलेसम्म मन्त्रीहरूको सूची सार्वजनिक भइसकेको छैन।अर्थमन्त्रालयमा स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल र गृह मन्त्रालयमा डिपी अर्यालले नेतृत्व गर्ने बुझिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार