काठमाडौं, चैत ११ :

काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले राष्ट्रपति र सेनापतिको आग्रहमा जेनजी आन्दोलन शान्त पार्न भूमिका खेलेको उल्लेख गरेका छन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा बालेन उक्त बयान दिएका हुन् ।

भदौ २३ गते सरकारले आतंकवादी शैलीमा अध्यधिक बल प्रयोग गरेरका कारण २४ गतेको घटना भएको बताए।  उक्त घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र  सरकार सहभागी दलले लिनुपर्ने उनले बयानका क्रममा भनेका छन् ।२४ गते कामनपाले समयमै दमकल पठाएको उनको दाबी छ ।