बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

नख्खु कारागारका तत्कालीन जेलरको बयान- रवि लामिछानेलाई छाड्ने पत्रको विषयवस्तुबारे कुनै जानकारी थिएन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ चैत, २०८२ मा प्रकाशित
नख्खु कारागारका तत्कालीन जेलरको बयान- रवि लामिछानेलाई छाड्ने पत्रको विषयवस्तुबारे कुनै जानकारी थिएन
ललितपुर, चैत ११ :

नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीले रास्वपा सभापति रवि लामिछानेलाई छाड्ने पत्रमा भिडले डरधम्की देखाई हस्ताक्षर गर्न बाध्य पारेको बताएका छन् । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगलाई दिएको बयानमा तत्कालीन जेलर जोशीले यस्तो बताएका हुन् ।

भदौ २४ गते बिहानैदेखि कारागारलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भड्काउने सामग्री पोस्ट गरिएको उनले बताए ।  भदौ २४ गते दिउँसो करिब १३:४० बजे हजारौंको संख्यामा प्रदर्शनकारीहरूले 'रवि लामिछानेलाई छोड' भन्ने नारासहित कारागारको मुख्य गेटमा ढुंगामुढा र तोडफोड गर्दै आक्रमण सुरू गरेको जोशीको बयान छ । करिब १३:५० बजे भिडले मुख्य गेट तोड्दै जबर्जस्ती प्रवेश गरी कारागार आफ्नो नियन्त्रणमा लियो,' उनले भनेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार