
काठमाडौं, चैत १२ :
प्रतिनिधिसभा प्रतिपक्षी दलहरुलाई संसदमा एउटै लहरमा बस्नेगरी सिट मिलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले बिहीबार एउटै लहरमा बसेर शपथ लिए ।
संघीय संसद् सचिवालयले दलको सिट संख्याका आधारमा दलहरूको बस्ने सिट तय गरेको हो । विपक्षी ९३ सांसद एउटा लहरमा बस्दा रास्वपाका सांसदहरुलाई छुट्टै बेञ्चको व्यवस्था गरिएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।