आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

कांग्रेस, एमाले र नेकपा सांसद एउटै बेञ्चमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ चैत, २०८२ मा प्रकाशित
कांग्रेस, एमाले र नेकपा सांसद एउटै बेञ्चमा
काठमाडौं, चैत १२ :

प्रतिनिधिसभा प्रतिपक्षी दलहरुलाई संसदमा एउटै लहरमा बस्नेगरी सिट मिलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले बिहीबार एउटै लहरमा बसेर शपथ लिए । 

संघीय संसद् सचिवालयले दलको सिट संख्याका आधारमा दलहरूको बस्ने सिट तय गरेको हो । विपक्षी ९३ सांसद एउटा लहरमा बस्दा रास्वपाका सांसदहरुलाई छुट्टै बेञ्चको व्यवस्था गरिएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार