बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन ओलीद्वारा अस्वीकार

पार्टीका विचार मात्रै संसद्मा बोल्न सांसदहरुलाई निर्देशन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ चैत, २०८२ मा प्रकाशित
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन ओलीद्वारा अस्वीकार
ललितपुर, चैत १२ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन पूर्वाग्रही भएको जनाउँदै अस्वीकार्य गरेका छन् । 

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र नेतृत्वप्रति पहिले नै धारणमा बनाइसकेका व्यक्ति आयोगका सदस्य भएकाले उनीहरुले गर्ने अनुसन्धान प्रतिवेदन यस्तो आउँछ भन्ने पहिले नै स्पष्ट भइसकेको बताए ।

बुधबार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको आयोगको प्रतिवेदनमा तत्कालीन सरकार प्रमुख रहेका ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्व आईजीपी कुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरिएको छ । गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सरकारले भने ओपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

यस्तै, अध्यक्ष ओलीले पार्टीका विचार मात्रै संसद्मा बोल्न निर्देशन दिए ।  यसका लागि पार्टी एकताबद्ध र एक ढिक्का भएर अघि बढ्नुपर्ने उनले बताए । 
ओलीले निर्वाचनको परिणाम जादुमय देखिएको टिप्पणी समेत गरे ।

घृणाको राजनीति गर्नेहरूलाई धेरैतिरको सहयोग भएको र निर्वाचनमा एमाले र एमालेको गन्तव्य विरोधीले गलत प्रचार गरेको उनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार