शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
राजनीति

नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण, को-को बने मन्त्री?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १३ चैत, २०८२ मा प्रकाशित
नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण, को-को बने मन्त्री?
काठमाडौं, चैत १३ :

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री र मन्त्रीहरूलाई शपथ गराएका हुन्।

प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय आफैँसँग राखेका छन्।  स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  तेस्रो वरीयताका रहेका सुधन गुरुङले शक्तिशाली गृह मन्त्रालयको कार्यभार सम्हालेका छन्।

यस्तै परराष्ट्र मन्त्रालयको जिम्मेवारी शिशिर खनालले पाएका छन्। प्रधानमन्त्रीका पूर्वसल्लाहकार सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी दुई  मन्त्रालयको जिम्मा पाएका छन्। विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन्।

यस्तै, खड्कराज पौडेल (गनेश)ले पर्यटन, सस्मित पोखरेलले शिक्षा र खेलकुद, निशा मेहताले स्वास्थ्य, विक्रम तिमिल्सिनाले सञ्चार,  प्रतिभा रावलले सामान्य प्रशासन, दीपक साह (महोत्तरी)ले श्रम, सोबिता गौतमले कानुन र सीता वादीले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका छन्।   प्रधानमन्त्री बालेनको मन्त्रिमण्डलमा युवा र विज्ञहरूको बाहुल्यता रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार