शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

बालेन सरकार निषेध,प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो : राप्रपा नेता कमल थापा

सक्रिय न्युज · शनिबार, १४ चैत, २०८२ मा प्रकाशित
बालेन सरकार निषेध,प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो : राप्रपा नेता कमल थापा
काठमाडौ, चैत १४ :

राप्रपा नेता कमल थापाले पूर्वप्रधानमन्त्री  केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारले गरेको गिरफ्तारप्रति आपत्ति जनाएका छन् ।

पुर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमा लेख्दै थापाले बालेन सरकार निषेध,प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको टिप्पणी गरेका छन् । अहिले द्वन्द्व र मुठभेड कसैको प्राथमिकतामा हुन नहुने भन्दै थापाले सुशासन र समृद्धिका लागि कानूनी राज्यको पालना,आपसी मिलाप र एकता पहिलो सर्त भएको बताएका छन् ।

थापाले लेखेका छन्,‘सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध,प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ । वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन । वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना,आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन् ।’

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार