काठमाडौ, चैत १४ :

नेकपा एमालेले सचिवालयको आकस्मिक  बैठक बोलाएको छ ।

अहिले बिहान साढे ८ बजे बैठक बस्ने सो पार्टीले जनाएको छ ।  

आज बिहानै पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परे लगत्तै एमालेले सचिवालय बैठक बोलाएको  हो ।

बालेन्द्र सरकार राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बाटोमा उत्रिएको भन्दै एमालेले संघर्षका कार्यक्रम थाल्ने र अबको योजनबारे निर्णय लिन बैठक बोलाइएको पार्टी स्रोतले जनाएको छ ।