संविधानविद् निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने टिप्पणी गरेका छन् ।
पूर्वकानुनमन्त्री समेत रहेका आचार्यले नव गठित सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि आज सामाजिक संजालमा लेख्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्,"साह्रै नै नमिल्ने कुरा भैरहेको छ,प्रतिशोध र धरपकडले भलो गर्दैन।"
प्रहरीले आज बिहानै पूर्व गृहमन्त्री लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको थियो भने पूर्व प्रधानमन्त्री ओलीलाई भक्तपुरकै गुण्डुस्थित निवासबाट पक्राउ परेको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।