काठमाडौ, चैत १४ :

नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ ।

पूर्व प्रधानमन्त्री एवम् अध्यक्ष के पी शर्मा ओलीको गिरफ्तारीलाई लिएर उत्पन्न परिस्थितिको विश्लेषणसहित पार्टीको आगामी कदमबारे बैठकले निर्णय लिने नेताहरूले बताएका छन् ।

अध्यक्ष ओलीलाई आज बिहान आफ्नै निवास गुण्डुबाट पक्राउ गरिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काको टोली भक्तपुर प्रहरीका विभिन्न युनिटसहित ओली निवास गुण्डु पुगेर पक्राउ गरिएको हो ।