शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार अर्थतन्त्र

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

सक्रिय न्युज · शनिबार, १४ चैत, २०८२ मा प्रकाशित
वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए
पर्सा, चैत १४ :

वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट भित्रिएका छन् ।

पछिल्लो समय मध्यपूर्वका देशमा देखिएको सङ्कटसँगै नेपालसहित अन्य मुलुकमा एलपी ग्यासको अभाव देखिएको छ ।

यसैबीच, वीरगञ्ज नाका हुँदै फागुनमा मात्रै एक हजार ५६० वटा एलपी ग्यासका बुलेट भित्रिएका भन्सार कार्यालयले जनाएको छ । कार्यालय मातहत पर्ने एकीकृत भन्सार जाँचचौकीको व्यवस्थापन गर्दै आउनुभएका टिआरएस हिमायन लजी पार्कका ‘अपरेसन हेड’ गणेश घिमिरेले गत फागुनदेखि चैत १३ गतेसम्मको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट वीरगञ्ज नाका हुँदै भित्रिएका जानकारी दिए।

“गत माघमा एक हजार ४०३ वटा एलपी ग्यासका बुलेट भित्रिएका थिए”, उनले भने, “चैतको १३ गतेसम्म पनि ५७६ वटा बुलेट भित्रिएका छन् ।” वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको सात महिनामा यो नाका हुँदै रु २० अर्ब ८५ करोड मूल्य पर्ने २० करोड २८ लाख २० हजार ९३२ किलो एलपी ग्यास आयात भएको छ ।  

गत आवको सात महिनाको अवधिमा रु २४ अर्ब छ करोड मूल्य पर्ने २१ करोड ४२ हजार ७८१  किलो एलपी ग्यास आयात भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार