काठमाडौ, चैत १५ :

भदौ २३ र २४ गतेको घटनामा छानबिनका लागि पक्राउ गरिएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकलाई आज प्रहरीले अदालतमा पेस गर्दैछ ।

दुवै जना नेतालाई अदालतबाट अनुमति लिएर म्याद थप्नु पर्ने भएकोले पेश गर्न लागिएको हो । ओली र लेखकलाई हिजो बिहानै निबासबाटै प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गर्नु पर्ने हुन्छ । सोही अनुसार आज पेश गर्दैछ ।

पक्राउपछि ओलीलाई अस्पतालमा भर्ना गरिएको छ । लेखकलाई प्रहरीको २ नम्बर गण महाराजगन्जमा राखिएको छ ।

एमालेले अध्यक्षलाई राजनैतिक प्रतिशोधका कारण गिरफ्तारी गरेको भन्दै  देशभर आन्दोलन सुरु गरेको छ ।

एमालेले आज पनि प्रदर्शन र विरोध गर्दैछ ।