काठमाडौै, चैत १५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तारेख बुझेका छन् ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा खेपिरहेका लामिछानेले आइतबार बिहान अदालत पुगेर तारेख बुझेका हुन् । स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । सो मुद्दामा लामिछानेसहित ३९ जना प्रतिवादी छन् ।

लामिछानेविरुद्ध २०८१ पुस २१ मा काठमाडौँ जिल्ला अदालतमा सङ्गठित रूपमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको भन्दै मुद्दा दायर भएको थियो ।