बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेले तारेख बुझे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १५ चैत, २०८२ मा प्रकाशित
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेले तारेख बुझे
काठमाडौै, चैत १५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तारेख बुझेका छन् ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा खेपिरहेका लामिछानेले आइतबार बिहान अदालत पुगेर तारेख बुझेका हुन् । स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । सो मुद्दामा लामिछानेसहित ३९ जना प्रतिवादी छन् ।

लामिछानेविरुद्ध २०८१ पुस २१ मा काठमाडौँ जिल्ला अदालतमा सङ्गठित रूपमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको भन्दै मुद्दा दायर भएको थियो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार