काठमाडौं, चैत १५ :

प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारमा मन्त्रीहरुसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाहले मन्त्रीहरूसँग छलफल गरिरहेका हुन् । 

प्रधानमन्त्रीले मन्त्रीहरुसँग गरिएको यस छलफललाई मन्त्रिपरिषद्को बैठक भनिएको छैन । मन्त्रिपरिषद्को बैठक आइतबार बस्नेबारे भने कुनै जानकारी नभएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसअघि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायतका ४ वटा निर्णय गरेको थियो। आयोगले कारबाहीका लागि सिफारिस गरेकाहरुलाई सरकार बनेको भोलिपल्टैबाट पक्राउ गरी कारबाही सुरु गरिसकेको छ ।