
काठमाडौं, चैत १५ :
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई निसर्त रिहाइको माग गर्दै एमालेले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई आइतबार ज्ञापनपत्र बुझाएको छ । काठमाडौं, गुल्मी,दाङ,लमजुङ,विराटनगर,तनहुँ,सङ्खुवासभा,भोजपुर लगायत देशभरका विभिन्न जिल्ला प्रशासन कार्यालय मार्फत एमालेले विरोध पत्र बुझाएको हो ।
ओलीको पक्राउको विरोधमा एमालेले बुझाएको ज्ञाापनपत्र बुझ्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन सचेत रहेको बताएका छन्। उनले आफूहरु राजनीतिक विषयमा प्रवेश नगर्ने तर हिंसात्मक र अशान्ति फैल्याउने गतिविधि रोक्ने कुरामा सचेत भएर लागिरहेको बताएका हुन्।