शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

काठमाडौं महानगरको सहकार्यमा महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको नि:शुल्क परीक्षण

५ जनामा स्तन र ३ जनामा सर्भाइकल क्यान्सर
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ चैत, २०८२ मा प्रकाशित
काठमाडौं महानगरको सहकार्यमा महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको नि:शुल्क परीक्षण
काठमाडौं, चैत १६ :

काठमाडौं महानगरपालिकाले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको नि:शुल्क परीक्षण सुरु गरेको छ । महानगरले वीर अस्पतालसंगको सहकार्यमा नि:शुल्क परीक्षण सुरु गरेको हो । 

निशुल्क परीक्षणका लागि महानगरले वडाको स्वास्थ्य प्रवर्धन केन्द्रबाट रिफरल स्लिप उपलब्ध गराएको कार्यवाहक प्रमुख सुनीता डंगोलले जानकारी दिइन्। चैत्र २० गतेसम्म हुने नि:शुल्क परीक्षण कार्यक्रममा महिलाहरुले सहज रुपमा उपचार लिन सक्ने व्यवस्था गरिएको उनले बताइन् ।

नि:शुल्क परीक्षणको पहिलो दिन पहिलो दिनको जाँचका लागि स्वास्थ्य प्रवर्धन केन्द्रबाट १३६ लाई रिफरल स्लिप दिइएको छ । यसरी रिफर्ल स्लिप पाउनेमध्ये ५ जनामा स्तन क्यान्सर र ३ जनामा सर्भाइकल क्यान्सर रहेको महानगरले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार