बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
राजनीति

एमाले सांसदले अध्यक्ष ओलीलाई तत्काल रिहा गरियोस् भन्दा प्रधानमन्त्री किन बोलेनन् ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ चैत, २०८२ मा प्रकाशित
एमाले सांसदले अध्यक्ष ओलीलाई तत्काल रिहा गरियोस् भन्दा प्रधानमन्त्री किन बोलेनन् ?
काठमाडौं, चैत १६ :

नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन्। सोमबार प्रधानमन्त्रीले कोसी प्रदेशका सांसदहरूसँग गरेको छलफलका क्रममा सांसद राईले ओलीको रिहाइको माग गरेका हुन् ।  

‘हाम्रो अध्यक्षलाई प्रतिशोध साँधेर पक्राउ गर्नुभयो, तत्काल रिहा हुनुपर्छ,’ सांसद राईको माग थियो । स्रोतका अनुसार प्रधानमन्त्रीले सांसद राईको कुरा सुने कुनै प्रतिक्रिया दिएनन् । 

राईले सांसदहरूले स्वकीय सचिव राख्न नपाउने विषयमा पनि असन्तुष्टि जनाए। राम्रो काम गर्नै पनि भन्ने अनि  एउटा स्वकीय सचिव पनि राख्न नपाउने हुन्छ ?,’ राईको प्रश्न थियो । आ–आफ्ना क्षेत्रगत समस्याबारे सोधखोज गर्नका लागि प्रधानमन्त्री बालेनले उनीहरुलाई बोलाएका थिए ।

त्यसो त एमालेले देशैभरबाट सीडीओलाई ज्ञापनपत्र बुझाएर ओलीलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै तत्काल रिहा गर्न आइतबार माग गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार