काठमाडौं, चैत १७ :

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रदेश अन्तर्गतका सांसदसँगको छलफललाई आज पनि निरन्तरता दिए । 

यसक्रममा प्रधानमन्त्री शाहले मंगलबार सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्यसँग छलफल गरे । सांसदहरुले आआफ्नो क्षेत्रमा भएका समस्या र सुधार गर्नुपर्ने विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्रीको शाहको निजी सचिवालयका अनुसार सिंहदरबारमा भएको छलफलमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सवैजसो सांसदहरु सहभागी छन्।

यसअघि प्रधानमन्त्री शाहले सोमबार कोशी र कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेका थिए ।