शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सक्रिय न्युज · बुधबार, १८ चैत, २०८२ मा प्रकाशित
सुनचाँदीको मूल्य आज पनि बढ्यो
काठमाडौ, चैत १८ :

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु सात हजार ४००  र चाँदी रु १०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको छ ।

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८४५ कायम भएको थियो । सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७०० मा कारोबार भएको थियो ।

गत आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७२० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार