आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार शिक्षा

एसईईको उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षणको व्यवस्था

३ दिनभित्र परीक्षण सक्न सर्कुलर, एक महिनाभित्रै नतिजा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ चैत, २०८२ मा प्रकाशित
एसईईको उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षणको व्यवस्था
काठमाडौं, चैत १८ :

राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षा केन्द्र (सेन्टर) मा नै परीक्षण गर्ने व्यवस्था मिलाएको छ । परीक्षा सकिएको ३ दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा सचिव चुणामणि पौडेलले बताए ।

केन्द्रमा परीक्षण गर्न नसक्ने अवस्था आएमा परीक्षा सकिएकै दिन उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईमा ल्याएर परीक्षण गराउन सकिनेछ ।

बोर्डका उपाध्यक्ष समेत रहेका शिक्षा सचिव पौडेलले परीक्षा सकिएको ३ दिनभित्र परीक्षण सक्न सर्कुलर गर्ने बताए । नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय अनुसार वैशाख मसान्तसम्म एसईईको नतिजा प्रकाशन हुनेछ ।

बिहीबारबाट सुरु हुने एसईई परीक्षामा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थीले परीक्षा दिँदैछन् । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी हुने छन् । देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार