
काठमाडौं, चैत १८ :
पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिएका छन् । २३ र २४ भदौको जेन-जी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरेर बयान लिइएको हो ।
गत शनिबार पक्राउ गरिएको भए पनि बयान आजदेखि लिन सुरु गरिएको हो । काठमाडौं जिल्ला अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न समय दिनको थियो । प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई एकै दिन पक्राउ गरेको हो ।
ओली अस्वस्थ भएकाले टिचिङ अस्पतालमा उपचारकै क्रममा छन् । उनलाई सोध्नुपर्ने विषयहरूमा प्रश्न तयार गर्ने क्रम चलिरहेको बताइरहेको छ।