सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि #बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि
समाचार

पत्रकार दिलभूषण पाठकविरुद्धको मुद्दा खारेज

उनले आफ्नी दिवंगत आमालाई सम्झना गर्दै लेखे-‘आमा मैले न्याय पाएँ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ चैत, २०८२ मा प्रकाशित
पत्रकार दिलभूषण पाठकविरुद्धको मुद्दा खारेज
काठमाडौं, चैत १८ :

पत्रकार दिलभूषण पाठकविरुद्धको विद्युतीय कारोबारका सम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतले खारेज गरेको छ।  हिल्टन होटल प्रकरणमा उनीविरुद्ध विद्युतीय कारोबार ऐनमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुषालको एकल इजलासले बुधबार उक्त मुद्दामा प्रहरीको दाबी नपुग्ने भन्दै पत्रकार पाठकलाई सफाइ दिएको हो।

प्रहरीले तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले दिएको उजुरीका आधारमा उनको नाम उल्लेख नगरी मुद्दा दायर गरेको थियो।

पाठकको कार्यक्रम ‘टफटक’ मा प्रसारित सामग्रीमा हिल्टनको होटलको लगानीलाई दिएर विचौलिया दीपक भट्ट र कांग्रेस नेता शेरबहादुर देउवाका छोरा जयवीर देउवा लगायतको नाम चर्चामा आएको उल्लेख गरिएपछि उनीबिरुद्ध प्रहरीले विद्युतीय कारोबारमा मुद्दा चलाएको थियो ।

मुद्दामा सफाइ पाएपछि पत्रकार पाठकले आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमा आफ्नी दिवंगत आमालाई सम्झना गर्दै लेखेका छन्-  आमा मैले न्याय पाएँ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार