शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा #मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा
राजनीति अर्थतन्त्र

राजस्व चुहावट नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय

राजस्व चुहावटलाई रोक्न शून्य सहनशीलताको नीति अपनाउन मन्त्रीद्वयको निर्देशन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ चैत, २०८२ मा प्रकाशित
राजस्व चुहावट नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय
काठमाडौं, चैत १९ :

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । बिहीबार अर्थमन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट रोक्नका लागि अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । 

बैठकमा राजस्व चुहावटका रोक्नका लागि विभिन्न विभागहरुले गरिरहेका कामका बारेमा सम्बन्धित निकायका प्रमुखहरुले जानकारी गराएका थिए । बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावटलाई रोक्न शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका थिए । 

त्यस्तै मन्त्रीद्वयले सीमामा सूक्ष्म निगरानी राख्न र बजार अनुगमनका केन्द्रीत हुन समेत निर्देशन दिएको अर्थमन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए । राजस्वको लक्ष्यमा पुग्नका लागि टास्क फोर्स गठन गरेर कार्ययोजनाका साथ नजिता देखिने गरी काम गर्ने र अर्को बैठकमा समीक्षा गर्ने गरी बैठक सकिएको प्रवक्ता पाण्डेयले बताए ।

बैठकले गरेका निर्णयहरु कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने उनले बताए । बैठकमा अर्थमन्त्री, गृहमन्त्री, विभागीय प्रमुखका साथै तीनवटै सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार