बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

बादलले संसद्‍मा बोलेको कुरा कसले लेखेर दिएका थिए?

उनी भन्छन्- जे दिए त्यही बोलेँ,के बिराएँ ?
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २० चैत, २०८२ मा प्रकाशित
बादलले संसद्‍मा बोलेको कुरा कसले लेखेर दिएका थिए?
काठमाडौं, चैत २० :

एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको पहिलो बैठकमा गरेको सम्बोधनलाई लिएर पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।

रास्वपाले प्राप्त गरेको विजयमा विभिन्न दृष्य, दृष्य पक्ष जोडिएको भनेपछि पार्टीका नेताहरुले सामाजिक सञ्जालबाट तत्काल विरोध मात्र जनाएनन् कि उनीहरुले उक्त धारणा एमालेको नभएर बादलमाथि दोषारोपण गरेका छन् ।

तर, बादलले आफूले नेताहरुसँग सल्लाह गरेरै बोलेको जवाफ दिएका छन् । ‘मैले लिखित बोलेको हुँ । जसले लिखित दिएको हो, त्यही पढेको हुँ । जे दिए त्यही बोलेँ, के बिराएँ ? बादल निकटस्थ स्रोतले बताएको छ । बादललाई लिखित मन्तव्य उपलब्ध गराउनेको खोजी हुन थालेको छ। जारी सचिवालय बैठकमा सोही विषयमा गम्भीर रुपमा छलफल भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार