
काठमाडौं, चैत २१ :
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेको हो । अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले दिउँसो बयान लिएको थियो ।
अहिले उनलाई नेपाल प्रहरीको जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ । प्रहरी स्रोतका अनुसार शंकर ग्रुपका अन्य सदस्य पनि अनुसन्धानमा तानिएका छन् ।
शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घराना हो । यो समूहले नेपालमा जगदम्बा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु, व्यापारलगायत क्षेत्रमा लगानी गरेको छ ।
व्यापारी दीपक भट्ट सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेसँगै शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ परेका हुन् ।