शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

पश्चिम एसिया द्वन्द्व : युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

सक्रिय न्युज · शनिबार, २१ चैत, २०८२ मा प्रकाशित
पश्चिम एसिया  द्वन्द्व : युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
काठमाण्डौं, चैत २१ :

पश्चिम एसियाको द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा आक्रमणमा परी घाइते भएका सबै नेपाली नागरिक सबै खतरामुक्त रहेका छन् ।

सो आक्रमणमा परेर सात जना नेपाली घाइते भएका जनाइएको छ ।  घाइते नेपाली नागरिक सबै खतरामुक्त रहेका त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।  

राजदूतावासका अधिकारीले गम्भीर घाइतेसहित सातै जनासँग टेलिफोन सम्पर्क गरेको र उनीहरूले खतरामुक्त रहेको जानकारी गराउनुभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । घाइतेमध्येका चारजनालाई दूतावासका अधिकारीहरूले आजै भेट गरी उनीहरूको अवस्थाका बारेमा बुझ्नुभएको र आवश्यक सहयोगका लागि समन्वय गर्ने उल्लेख गरेको थियो । बाँकी तीन जनासँग पनि छिट्टै भेट गरी आवश्यक जानकारी लिइने मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

प्रवक्ता क्षेत्रीका अनुसार छ जना सामान्य उपचारपछि हाल अस्पतालबाट फर्किसकेको र गम्भीर चोट लागेको भनिएका थप एकजना नेपालीको पनि हाल उपचार जारी रहेको तथा उनी पनि खतरामुक्त रहेका छन् । आफू छिट्टै अस्पतालबाट ‘डिस्चार्ज’ हुने उनले टेलिफोनमा बताएका छन् ।

यस घटनाका सम्बन्धमा जानकारी प्राप्त हुनासाथ आवश्यक समन्वयका लागि मन्त्रालयबाट दूतावासलाई निर्देशन दिइएको थियो ।

युएईका सम्बन्धित निकायहरूबाट समयमै उनीहरूलाई उचित उपचारको प्रबन्ध गरिएको थियो । राजदूतावासले उनीहरूलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोगका लागि प्रतिबद्ध र तयार रहेको जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार