शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

अध्यक्ष ओली र नेता लेखकलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

इजलासले थप अनुसन्धान गर्ने तथा प्रमाणहरु बुझ्न र अनुसन्धानसम्बन्धी थप कार्यहरु बाँकी नै रहेकाले हिरासतमा राख्न मनासिव देखिएको उल्लेख गर्दै म्याद थप गर्न अनुमति दिएको हो ।
सक्रिय न्युज · सोमबार, २३ चैत, २०८२ मा प्रकाशित
अध्यक्ष ओली र नेता लेखकलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाण्डौं, चैत २३ :

जिल्ला अदालत काठमाडौँले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश जगतबहादुर पौडेलको इजलासले थप अनुसन्धान गर्ने तथा प्रमाणहरु बुझ्न र अनुसन्धानसम्बन्धी थप कार्यहरु बाँकी नै रहेकाले हिरासतमा राख्न मनासिव देखिएको उल्लेख गर्दै म्याद थप गर्न अनुमति दिएको हो ।

आदेशमा भनिएको छ, “थप अनुसन्धान गर्ने तथा प्रमाणहरु बुझ्नेसमेतका अनुसन्धानसम्बन्धी थप कार्यहरु बाँकी नै रहेको देखिँदा उल्लेखित अनुसन्धानको प्रयोजनका लागि प्रतिवादीलाई हिरासतमा राख्न मनासिव देखिँदा निज प्रतिवादी प्रतिवादी पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हिरासतमा राखी उपर्युक्त लेखिएबमोजिमको कार्यहरु सम्पन्न गर्ने प्रयोजनका लागि चैत २१ गतेदेखि लागू हुने गरी ५ (पाँच) दिनको म्याद थपको अनुमति प्रदान गरिएको छ ।”

अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार अदालतले यही चैत २१ गतेदेखि लागू हुने गरी पाँच दिन म्याद थपको अनुमति दिएको हो । यसअघि, अदालतले सुरूमा पाँच दिन र पछि दुई दिन म्याद थप गरेको  ।

सरकारी वकिलले अध्यक्ष ओली र नेता लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेको थियो । जेनजी आन्दोलनको बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री  र कांग्रेस नेता लेखक गृहमन्त्री थिए । उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

सो सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर यही चैत १४ गते शनिबार दुवै जनालाई पक्राउ गरिएको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार