_QM392gVG2t.jpg)
काठमाण्डौं, चैत २३ :
नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरे संगै आज कर्मचारीहरूको चहलपहल बढेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको हो।
आज देखि नै लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
बिदाको दिन थपिएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिएको छ। अब ९ बजेदेखि ५ बजेसम्म सरकारी कार्यालयहरुको समय हुनेछ ।
नयाँ समय तालिका लागू भएसँगै सिंहदरबार लगायत सरकारी कार्यालयमा ८ बजे देखि नै आउनेको चहलपहल सुरु भएको छ ।