काठमाडौं, चैत २३ :
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की सांसद खुश्बु ओलीले वैदेशिक ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति आपत्ति जनाएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले भर्खरै गठन भएको नयाँ सरकारले कुनै योजना र नीतिगत बहसबिना वैदेशिक ऋण स्वीकार गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएकी हुन् ।
संसदीय समिति र उपसमितिहरु समेत गठन नभएको अवस्थामा सरकारले गरेको निर्णय पारदर्शी नहुने सम्भावना रहेको उनको भनाइ छ । उनले वैदेशिक ऋण स्वीकार गर्ने निर्णयप्रति सदनमा सरकारको जवाफ माग समेत गरे । त्यस्तै उनले आगामी आर्थिक वर्षको बजेट वितरणमा समेत एकरुपता ल्याउन सरकारको ध्यानाकर्षण गराए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान