काठमाडौं, चैत २४ :
सरकारले विश्व बैंकबाट ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी क्षेत्रको बृहत्तर विकासका लागि विश्व बैंकले दिने उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
अमेरिकाको वासिङ्टन डीसीमा मार्च १३ मा बसेको विश्व बैंकको बोर्ड बैठकले लुम्बिनीलाई आध्यात्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहुलियत ऋण दिने निर्णय गरेको थियो ।
परियोजनाअन्तर्गत ग्रेटर लुम्बिनी क्षेत्र विकासका नाममा बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्त्विक स्थल रहेका रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा विभिन्न काम गरिनेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने