शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

राष्ट्रिय सभाका उपाध्यक्ष भण्डारीले लिइन् शपथ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ चैत, २०८२ मा प्रकाशित
राष्ट्रिय सभाका उपाध्यक्ष भण्डारीले लिइन्  शपथ
काठमाडौं, चैत २४ :

राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

मंगलबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, कामु प्रधानन्यायाधिश सपना प्रधान मल्ल लगाएतको उपस्थिति रहेको थियो । यसअघि सोमबार बसेको राष्ट्रियसभा बैठकले भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार