
काठमाडौं, चैत २४ :
राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
मंगलबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, कामु प्रधानन्यायाधिश सपना प्रधान मल्ल लगाएतको उपस्थिति रहेको थियो । यसअघि सोमबार बसेको राष्ट्रियसभा बैठकले भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।